
जिल्ला प्रहरी कार्यायलय बाँकेले बेवारीस बृद्धालाई उद्दार गरेको छ | आईतवार बिहान ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँके मातहत वडा प्रहरी कार्यालय नेपालगंजबाट वडा प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १ पुष्पलाल चोक नजिक वेवारिसे अवस्थामा रहेका खजुरा गाउपालिका वडा नं. ४ बस्ने बर्ष ६६ को देव बहादुर खत्रीलाई उक्त स्थानबाट उद्दार गरी निल सागर सेवा आश्रम नेपालगंज बाँकेमा पठाईएको छ।
