जैविक बिषादी निमबाट नियन्त्रण हुनसक्ने रोगकिराहरु


फाइल फोटो

औषधीको भण्डार मानिने नीमको पात, बोक्रा, फल, फूल र तेल आदिमा विभिन्न यौगिक पाइन्छ । जसमध्ये एजाडिरेक्टिन नामक यौगिकमा पाइने रोग र किटनाशक गुणको कारण बिभिन्न रोग किरा नियन्त्रण गर्न सकिन्छ।
नीमको फूल फुल्नु अगाबैका पात बढी प्रभावकारी हुन्छन् भने राम्ररी पाकेका फल र फलभीत्रका बिउ पातभन्दा झन् बढी प्रभावकारी हुन्छन्।
नीमको प्रयोगबाट बालीनालीमा क्षति पुर्याउने विभिन्न चुसाहा ,पात खाने किरा, भण्डारणमा लाग्ने लाभ्रे, पशु तथा मानवको बासस्थानमा देखिने किरा वा परजीवी नियन्त्रण हुन्छन्।
यसको पिनामा ५।२० प्रतिशत नाइट्रोजन १।१० प्रतिशत फस्फोरस र १।५० प्रतिशत पोटास हुने हुँदा माटोको उर्वराशक्ति बढ्ने र नाइट्रोजनयुक्त मल यूरिया को प्रयोग घट्छ।
१ के जी नीमको पात १० लिटर पानीमा १२ घण्टा जतिधड्याएर आउने झोललाई बालीमा छर्कदा धानको गवारो, फड्के कीरा, पात बेरुवा, पतेरो, डाँठ कुहिने रोग, ढुसी, बेसारको जुका, काँक्रो, फर्सीको रातो खपटे नियन्त्रण गर्न सकिन्छ ।
सुकाएका पात १० ग्राम एक केजी भण्डारण गरिने अन्नमा मिसाएर राखेमा भण्डारण अवधिमा लाग्ने लाग्ने घुन, किराबाट ६ देखि ९ महिना सम्म बचाउन सकिन्छ ।
५०० ग्राम नीमको बीउको धूलो पातलो कपडामा पोको पारी १२ घण्टासम्म २० लिटर पानीमा ढड्याउने र ढड्याएको पोकोलाई पानीमा राम्ररी निचोर्ने र २०० ग्राम सावुनको धूलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाएर बाली विरुवामा छकर्ने ।
बोक्रा सहितको नीमको धूलो भएमा पानी २० लिटरको सट्टामा १० लिटर मात्र प्रयोग गरेर झोल तयार पार्न सकिन्छ। ।
नीमको २०० ग्राम हरियो पातलाई थिचेररकुटेर १ लिटर पानीमा १२—२४ घण्टासम्म ढड्याएर प्राप्त भएको रस बालीमा छर्कदा वन्दाको पुतली, भटमासको
झुसिल कीरा, सुर्तीको पात खाने लाभ्रे र ईटवुट्टे पुतली
नियन्त्रण गर्न सकिन्छ ।
निमको रसमा डुबाएर तरकारीको बेर्नाको जरा वा बीउको उपचार गर्दा जुकाको प्रकोप कम हुन्छ।
निमको कलिला हागा र हरिया पातहरू ब्याड बनाउदा प्रयोग गर्ने भने धानको चुसहा किराको नियन्त्रण हुन्छ।
बजारमा नीममा आधारित विषादी एजाडिरेक्टिनको नाममा मल्टिनिम ०.०३५ ई सी, निकोनिम १५ र ०.३०५ इसि ,मल्टिनोभर‌‌ ०.१५५ ईसी ,मार्गोसिड रहेको छ ।कृषि टुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *