सेतोखरी मिडियाद्वारा पत्रकार अन्सारी पुरस्कृत


सेतोखरी मिडिया प्रालि दोश्रो वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा पारेर  सेतोखरी कमलसुमन खोज पत्रकारिता पुरस्कार–२००७८  स्थापना गरेको छ ।

प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्यौपानेका अनुसार, हरेक बष स्थानीय तहमा केन्द्रीत रहि खोजमुलक समाचार लेख्ने लुम्बिनी  तथा कर्णाली प्रदेशका एक पत्रकारलाई  पुरस्कृत गरिने छ । यसवर्ष लुम्बिनी प्रदेशको बाँकेका पत्रकार जावेद अन्सारी पुरस्कृत हुनुभएको छ । पश्चिम नेपालको  मोफसलमा  सञ्चार गृहले पुरस्कार स्थापना गरि पत्रकारलाई आफनै संस्था मार्फत प्रदान गरिएको सम्मान पहिलो भएको न्यौपानेले दावी गर्नुभयो ।

यस किसिमको कामले युवा पत्रकारमा खोज पत्रकारिताप्रती रुचि बढाउनुका साथै टोल, समाज,गाउँ र जिल्लामा सुशासन  कायम गर्न सहयोग पुग्ने  सेतोखरी मिडिया अन्तगत इसेतोखरी अनलाइनका सम्पादक सुमन शर्माले बताउनुभयो ।  अनलाइन  खोजखबरका पुरस्कृत पत्रकार अन्सारीले सेतोखरी मिडियाको पुरस्कारले आफुमा खोज पत्रकारिता गर्ने  थप उर्जा मिलेको बताउनुभयो  । पुरस्कृत कार्यक्रममा सेतोखरी मिडिया प्रालिको सञ्चालक समितिका पदाधिकारी, अनलाइन  पत्रकार सङ्घ बाँकेका सचिव रामु ओलि लगायतका  पत्रकार तथा शुभचिन्तकको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *