१५ बर्षको उमेरमा सोचेको सपना सकार पारे ज्ञानबहादुर नेपालले : बाँकेमा फलाए चैते धान


मनमा उमंग र खुशी भएर धानको बाला हेर्दै

बाँके : उनी सानै उमेर देखि कृषि पेशा मन पराउने गर्थे । किसानको घरमा जन्म भएकोले पढाई भन्दा पनि खेतमा काम गर्न रुचाउने, उनको जिवनका देखाइ र भोगाई कमाई भनेको कृषि पेशा नै रहेको छ । उनी साना हुदाँ सबै साथीभाईहरु स्कुल गउपनि उनी खेतमा काम गर्न जाने गर्थे । लामो समय पहाडको ठाँउमा बसाई भए भएको थियो । उनी साना हुदाँ उनका परिवारले चैते धान फलाएका थिए । उनी सानैमा देखेको भरमा चैते धान लगाएर फलाउन पनि सफल भएका छन् ।

लहराउर्दै धानका बाला

बाँकेको कोहलपुर नगरपालिका १५ चौधरियाको खेतमा चैते धानका बाला झुलेका छन् । सिक्टा सिँचाइ आयोजनाले नहर मार्फत नजिकैको किरण नालामा पानी छोडेपछि उनले पहिलो पटक चैते धान लगाउनुभएको हो । करिब ११ कठ्ठा जग्गामा यतिबेला धान फलेको छ । पहिलो वर्षमै धैचे धानको उत्पादन देखेपछि बाँकेमा पनि राम्ररी चैते धानको उत्पादन हुन्छ भन्ने पुष्टि भएको छ , नेपालले भन्नुभयो, छिमेकी अन्य किसानले समेत अर्को वर्षदेखि चैते धान लगाउने भन्दै धानको बीउ माग गर्नुभएको छ ।

उनको असार पहिलो सातासम्म धान भित्राएर फेरि बर्षे धान लगाउने तयारी छ । परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेकि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गर्नुभएको हो । एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपाल बताए । घर नजिकैको किरण नालामा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताए । उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताए ।
राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजना आर्थिकबर्ष २०६१÷६२ मा निर्माण सुरु भएको हो । गतवर्षदेखि सिक्टाले मूल नहर र शाखा नहरमार्फत पानी छोडेको हो । हाल सिक्टाको सिंचित क्षेत्रफल ४२ हजार ७६६ हेक्टर क्षेत्रफल हुने अनुमान गरिएको छ । हाल शाखा नहर निर्माणकार्य चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *