घरेलु हतियार प्रयाेग गरी बुवाद्वारा छाेराकाे हत्या


काेहलपुरकाे चप्परगाैडीमा घरेलु हतियारद्वारा बुवबले छाेराकाे हत्या गरेका छन्।
कोहलपुर वडा नं. १२ चप्परगौडिमा आज बुधबार राती करिब ९:१५ बजे तिर बुवालेे छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको काेहलपुर प्रहरीले जनाएको छ ।

चप्परगौडी बस्दै आएका ठाकुरप्रसाद ओलीले अन्दाजी १९ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक होमप्रकाश चौधरीले जनाएका छन् ।

घरमा नुहाईरहेका बेला घरेलु हतियारले पछाडिबाट हानेर छोराको हत्या गरेको स्थानीयले बताएका छन् । खसी काट्ने दापले प्रहार गरेपछि गम्भीर घाईते भएका छोरोलाई भेरी अस्पताल नेपालगन्ज पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेकाे थियो ।

घरायसी झगडाका कारण हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जनाएकाे छ । हत्या गर्ने बाबू ओलीलाई कोहलपुर प्रहरीले घरबाटै नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *