काठमाडौं, भाद्र १० । कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले बाध्ययात्मक अवस्थाका कारण अध्यादेश ल्याएको बताउनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको छ ।
बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताउनु भयो ।
कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने समेत बताउनु भएको छ । वहाँले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताउनु भएको छ ।

