प्रधानमन्त्री केपी शर्मा ओली ‘एसियाकै भविष्य’का नेताको रुपमा छनौट


प्रधानमन्त्री केपी शर्मा ओली ‘एसियाकै भविष्य’का नेताको रुपमा छनौट हुनुभएको छ। प्रधानमन्त्री ओली सहित जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेतालाई छनौट गरेको छ ।


२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । निडर र लिडरसिपले नै देश उकासिने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ ।

यसरी एसियाको भविष्यका नेताका रूपमा छानिनु देशका लागि गौरवको विषय हो। देश विकास र समृद्धिको बाटोमा अगाडी बढेको सुभ संकेत पनि हो। पछिल्लो समय विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेका छन्।

पछिल्लो समय नेपालमा राजनीतिक परिस्थिति अनुकूल बन्दै गएको छ। देश बनाउने भन्दा बिगार्ने धेरै रहेका छन्। देश विकास गर्न खोज्नेलाई खुट्टा तान्ने प्रवृत्ति बढेको छ। आफ्नै पार्टी फुटाउने, आफू आफूमै लड्ने प्रवृत्ति बढेको छ। देशका निम्ति नभएर सत्ताका निम्ति खिचातानी गर्ने प्रवृत्तिका कारण अहिले राजनैतिक अबस्था उथलपुथल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश भुमरीमा पारे भन्दै विपक्षी दलहरुले प्रधानमन्त्रीकै विरोध गरिरहेका बेला एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुनुभएको छ। यो सबै नेपालीका लागि गौरव गर्ने कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *