
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गर्नुभएको छ । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उहाँले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गर्नुभएको हो । अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उहाँले सबै खोप उत्पादक राष्टहरुलाई आग्रह गर्नुभयो । झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उहाँले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । उहाँले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दुतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिनुभयो ।
