इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । कोरना भाइरसका कारन स्थगित भएको आइपिएल पुन सुरु भएको छ।गएराति दुबईमा भएको ३० औ
खेलमा चेन्नई सुपरकिङ्सले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो
चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सौरभ तिवारीले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले भने क्विन्टन डीककले १७, अनमोलप्रित सिंहले १६, एडम मिल्ने र किरण पोलार्डले १५र१५ रन बनाए ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चहरले २ तथा जोस हाजलेवुड र शार्दुल ठाकुरले एकरएक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । चेन्नईका रुतुराज गायकवाडले अविजित रहँदै ८८ रनको अर्धशतकीय पारी खेले ।
यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २र२ विकेट लिए । जितसँगैै १२ अङ्क जोडेको चेन्नई अक तालिकाको शीर्ष स्थानमा छ । आज पाँच जितसँगैै १० अङ्क j
आज पाँच जितसँगैै १० अङ्क जोडेको रोयल च्यालेन्चर्स ब्याङ्ग्लोर र दुई जितमा ४ अङ्क जोडेको कोलकाता नाइट राइडर्स बिच खेल हुँदै छ। उक्त खेल साझ ७:४५ मा सुरु हुनेछ।

