बाँके र बर्दियाको सिमानामा पर्ने मान खोलको जंगलमा चरेस सहित ३ जना प्रहरी नियन्त्रणमा


बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ६ सय ९४ ग्राम चरेस सहित बढैयाताल गाउँपालिका ३ मानझुण्डी सामुदायिक बनबाट बाँके खजरा गाउँपालिका ६ सिमलघारीका २६ बर्षीय कमल बिश्वकर्मा, सोही ठाउँका ३२ बर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाबजारका ४८ बर्षीय बलबहादुर कामीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

No description available.
चरेसको फोटा

शुक्रबार साँझ ५ बजेतिर ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी तोलीले मानझुण्डी समुदायिक बनमा संकास्पद तरिकाले तिनै जना कुराकानी गरी रहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा कमल बिश्वकर्माको साथमा रहेको कालो झोलाबाट चरेस फेला परेको हो । प्रहरी निरिक्षक जोशीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भैरहेको छ । आईताबार लागुऔषध सम्बन्धि मुद्दा दायर गरी कर्वाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *