भेरी अस्पतामा थप सुरक्षाका लागि २५ जना प्रहरीको टोली खटाइयो


नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि दुव्र्वहार गर्ने र कुटपितका घट्ना घट्ना थालेपछि जिल्ला प्रहरी कार्यालयबाट २५ जना प्रहरीको टोली खटाइएको छ । गत बिहिवार भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा २५ जना प्रहरीको टोलि परिचालन गरिएको छ ।

May be an image of motorcycle and road

कोरोना संक्रमणको महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण पछि सुरक्षाको माग गर्दै शुक्रबार स्वास्थ्यकर्मीहरुको आन्दोलन पछि शनिवार प्रहरी सुरक्षा थप गरिएको हो ।

May be an image of standing, motorcycle and outdoors

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार प्रहरी परिचालन गगरी व्यवस्था मिलाइएको बताए । उनका अनुसार, महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो ।
सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा तीन गुना सुरक्षाकर्मी बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *