ठाकुरसहित चार नेता निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई


जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका थिए।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को (१) (२) र (३) बमोजिम दलको दर्ता किताबबाट नाम हटाई अद्यावधिक गर्न आयोगलाई अनुरोध गर्दै पत्र पठाइएको छ।

यसअघि गएको बुधबार उनीहरु चारै जनालाई स्पष्टीकरण सोधिएको थियो। सो स्पष्टीकरणको जवाफ नदिएपछि चौबीस घण्टे थप स्पष्टीकरण सोधेका थिए।
तर, त्यसको पनि जवाफ नदिएपछि पार्टीबाट उनीहरुलाई निष्काशन गरिएको हो।

महन्थले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेका छन्।

२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकता भएको थियो।

चार नेता निष्काशित गरेपछि जसपा औपचारिक रुपमा विभाजन भएको छ।

upendra nirbachan

Leave a Reply

Your email address will not be published. Required fields are marked *