बालबालिकालाई टेण्टमै पठनपाठन


जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प-यो ।

गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा गाउँवासी बस्ने अवस्थामा छैनन् ।

झन् विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था नै छैन । भविष्यका कर्णधारका रूपमा विकास भइरहेका बालबालिकाको भविष्य बनाउने जिम्मेवारी विशेषगरी जनप्रतिनिधिलाई दिइएको छ ।

जनप्रतिनिधिको सक्रियतामा बाढीपीडित बालबालिका पठनपाठनको व्यवस्था गरिएको छ । बालबालिकाको भविष्य बनाउनका लागि टेण्टमा नै पठनपाठन गर्ने व्यवस्था गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *