सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति : आरोपित रेशमलाल चौधरी, धनीराम चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता


May be an image of 1 person and standing

काठमाडौं–: सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।थारु कल्याणकारिणी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समितिबीच टिकापुर घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ । यसैगरी थरुहट आन्दोलनमा सहिद भएका परिवारमध्ये राहत पाउन छुट भएकाहरुलाई राहत उपलब्ध गराउने, घाइतेको उपचार र क्षति भएको धनजनको मूल्यांकनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *