
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ / राजेन्द्र पक्ष सरकारमा सहभागी भएसँगै एमालेको तर्फबाट मन्त्री बनेका तीन जनालाई हटाइएका छन्। भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो र वन तथा वातावरण मन्त्री प्रेम आले मन्त्रीबाट हटाइएका हुन्। जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइने भएको छ। जुली महतो र प्रेम आले प्रतिनिधि सभाको पहिलो विघटनपछि मन्त्री बनेका थिए। आले पहिलोपटक मन्त्री भएपनि पटक पटक विवादमा तानिएका थिए।
यस्तै, कानून तथा संसदीय मामिला मन्त्री रहेकी तुम्बाहाङफेले पछिल्लोपटक भूमि मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। यसअघि उपसभामुख भएकी तुम्बाहाम्फेलाई सभामुख बनाउन खोजिएपनि नभएपछि मन्त्रीको जिम्मेवारी दिएको थियो। उनीपनि पहिलो पटक मन्त्री भएकी थिइन्। नेपाल लाइभबाट
