नेपाली समाजमा जातीय विभेद र छुवाछुत क्रमश घट्दै


काठमाडौंः राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बि.कले पछिल्ले समय नेपाली समाजमा जातीय विभेद र छुवाछुत क्रमश घट्दै गइरहेको बताउनुभयो । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजित एक भर्चुअल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिले जातिय विभेद गर्नुहुन्न भन्ने प्रचारप्रसार हुने गरकोे भन्दै यदाकदा विभेदको घटना घट्ने गरेको बताउनुभयो । नेपाली समाजले विभेद गर्नु हुँदैन भन्ने बिस्तारै बुझ्दै गएको र यसलाई हटाउनुपर्छ भन्ने मानसिकता क्रमशः विकास भइराखेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सचेत मानिसहरुले यसलाई गर्नुहुँदैन । यसलाई छोड्नुपर्छ भनेर सोचिराखेको र अभ्यासको रुपमा ग्रहण गरिराखेको स्थिति छ भने कतिपय खराब चरित्र, खराब सोच भएका मानिसहरुले यसलाई राखिराख्नुपर्छ, यो जोगाउनुपर्ने कुरा हो र हामी ठुलो देखिनका लागि अरुलाई शोषण, दमन गर्नुपर्छ भन्ने कतिपय मानिसहरुमा नकारात्मक सोच भएका कारणले यदाकदा त्यो देखिने स्थिति बनेको छ । समग्रमा ह्रासउन्मुख स्थितिमा छ । यो बिस्तारै बिस्तारै नेपाली समाजले बुझ्दै गइरहेको छ र यसलाई हटाउनुपर्छ भन्ने मानसिकता क्रमशः विकास भइराखेको स्थिति हामी बुझ्छौँ ।’एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *