सुर्खेत : राउटे युवतीलाई दुव्र्यबहार गरेको भन्दै प्रहरीले तिनजनालाई पक्राउ गेरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तिन जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल संञ्चालक बिनोद पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई राउटे युवतीलाई मादकपदार्थ सेवन गराई दुव्र्यवहार गरेको घटना भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका हुन् ।
शनिबार राती नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंव प्रहरी नायब निरिक्षक डिएस्पी रामप्रसाद घर्तीका अनुसार घटना स्थलमा छिन्चु प्रहरीको टोली गई अनुसन्धान गर्दैछ ।
पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको हो । ति युवतीहरुलाई विवाहको प्रलोभन देखाउँदै थुप्रै युवाहरुले टिकटकमा समेत भिडियो हालेको पाईएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका हुन ।
