महन्थ ठाकुर पक्ष सरकारमा सहभागी नहुने


काठमाडौंः जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ ।

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदैै आएको छ । सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो ।  

महन्थ ठाकुर पक्षले  आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *