मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले झिकायो सरकारपक्षलाई


गत शुक्रबार भएको मन्त्रीपरिषद्विरुद्ध परेका ६ वटा रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले असार ८ गते दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएका हुन्।

कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न र नवनियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्नबाट रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट परेको थियो।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, सालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाह लगायतले रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *