नेपालगन्ज पोखरा उडान शुरु, पश्चिम क्षेत्रको बाँके, बर्दिया र पोखराको पर्यटन क्षेत्रलाई टेवा पुग्ने

‘बुद्ध एयरको उडान नं. ४६२ बाट नेपालगन्ज हुँदै पोखरा जाने यात्रु तयार भएर बस्नुहोला ।’– राँझा बिमानस्थलमा आईतवार यस्तो एनाउन्स सुनिएसंगै बर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान शुरु भएको छ । पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भब्य स्वागत गरिएको छ । अबिर र गम्छा सहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए । उडानको शुरुवात भएको सन्तोष व्यक्त गर्दैै उनीहरुले यात्रु, बिमानका पाईलट सहितका कर्मचारीलाई स्वागत गरे बुद्ध एयरले उडानसंगै टुर प्याकेज समेत सार्वजनिक गरेको हो । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।

पर्यटन प्रर्बद्धन विकासका लागि बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज पोखरा उदान शुरु गरेको छ । पश्चिम क्षेत्रको बाँके र बर्दियालाई र पोखरालाई लक्षित गरि उदान शुरु गरिएको हो ।
नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।
बाइट ः अच्युत गरगाँइ, केन्द्री अध्यक्ष, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी
यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो । पोखरा देखि नेपालगन्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्री गोविन्द झाले बताउनु भयो ।
नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ । बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट शुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ । नेपालगन्ज पोखरा पहिलो आफ्नो पहिलो उडान रहेको क्यप्टन मनिस पुनले बताउनु भयो । पोखरा देखि उडान भरेको ३४ मिनेटमा नेपालगन्ज पुगेको बताउनु भयो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो । उडानको शुरुवात भएको सन्तोष व्यक्त गर्दैै उनीहरुले यात्रु, बिमानका पाईलट सहितका कर्मचारीलाई स्वागत गरे । पर्यटन प्रर्बद्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई पर्यटनक्षेत्रको हब बनाउन यो उडान कोशेढुङ्गे सावित हुने रहेको बताए ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो । उडानको शुरुवात भएको सन्तोष व्यक्त गर्दैै उनीहरुले यात्रु, बिमानका पाईलट सहितका कर्मचारीलाई स्वागत गरे । पर्यटन प्रर्बद्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई पर्यटनक्षेत्रको हब बनाउन यो उडान कोशेढुङ्गे सावित हुने रहेको बताए ।
