यूरोकप फुटल जुन ११ तारिखबाट इटालीको रोममा शुरु हुन्दै


यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो । यसैबीच युरोकप खेलिने युरोपका विभिन्न ११ वटा रंगशालाको साजसज्जा तयार गरी चिटिक्क पारिएका छन् । युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दै निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *