कृषि पेशाबाट पलायन भएका किसान स्मार्ट कृषि गाँउ लागु भए पछि पुन ः कृषि पेशामा फर्के


अम्बिकेश्वरी संवाददाता ः कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ लागु भएपछि पुन ः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका किसानहरु पुरानो बिधिबाट उत्पानमा कमी भए पछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँके मार्फट उक्त वडामा स्र्माट कृषि गाँउ लागु भएपछि किसान पुन ः कृषि पेशामा फर्केका हुन ।
बाँकको राप्ती सानेनारी गाँउपलिका कृषि पेशामा होमिएको गाँउपालिका हो । तर पुरानै विधि र प्रविधि अपनाए र कृषि गर्दा उत्पानमा कमी आएको थियो । लगानी र मिहिनेट बढी लाग्ने तर उत्पादन कम भएको कारणले किसानहरु कृषि पेशाबाट । दैनिक ज्यालादारी मजदुरी काममा लागेको थिए । नेपाल सरकारले २०७५ साल देखि जिल्लाको कृषि ज्ञान केन्द्र मार्फट स्मार्ट कृषि गाँउ सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुन ः कृषि पेशामा फर्केका छन् । कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक बर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र प्याकेट क्षेत्रका लागि मल बिउहरु पुर्ण रुपले ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका किसान चक्र बहादुर थारुले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is mm-1.jpg

बर्खेमा धान , हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरु २०७५ साल देखि १२ रै महिान खेती गरिरहेका छन् । स्मार्ट कृषि गाँउ लागु भएपछि भएपछि अहिले १ सय ७ घर धुरीले सिजन अनुसार खेती गरि रहेका छन् । बर्खेमा धान, हिउँदेमा आलु र तारी र बसन्तेमा मकै खेती गरि रहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जास्तो उत्पा न नभएपछि उनीहरु भारतीय मकैको बिउमा निर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाँउका सचिब खोज लाल थारुले बताउनु भयो ।

तराईको भेग र बाँकेको माटो उर्वर भएको कारणले मकै उत्पादन निकै राम्रो भैरहेको छ । स्मार्ट गाँउ लागु भए देखि नै फत्तेपुरका किसानहरु पुर्ण रुपमा कृषि अबद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनु भयो । यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले बसन्ते सिजनमा ९ विगहा जमिनमा मकै खेती गरेबा अधिकृत भट्टराईले बताउनु भयो ।

राप्ती सोनारी गाँउपालिकाले स्मार्ट कृषि गाँउका किसानहरुलाई आर्थिक सहयोग नगरे पनि प्रविधिक रुपमा किसानहरुले खबर गरे साथ सहयोग गर्न आएकी गाँउपालिकाकी कृषि प्रविधिक सुमित्र कुमारी थारुले बताउनु भयो । नेपाल सरकारले मन्यता दिएको मकै धेरै समय लाग्ने, घोघा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमी आएको कारणले किसानहरु भारती मकैको बिउ लगाने गरेको उनले बताउनु भयो ।

यसरी स्मार्ट कृषि गाँउ स्थापना भएर किसानहरुले लागेको देख्दा हरेका गाँउपालिकाको वडा स्तरमै स्मार्ट गाँउ सञ्चालन गर्न जरुरी देखिन्छ । वडा स्तरमै स्मार्ट गाँउ लागु भएपछि विदेश पलायन हुना लागेका युवा वर्गाहरुलाई रोक्नका साथै अत्मा निर्भर बढ्ने भएपछि उत्पादनमा पनि बृद्धि हुने देखिन्छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *