दैनिक १८ घण्टा काममा खटिने अटोमोबाइल्स कर्मीलाई सरकारले खोपमा प्रथामिक्ता दिएन ः उपाध्यक्ष तथा प्रदेश कमिटि सदस्य नरेन्द्र वली


Open Photo
न्यू भेरी ट्रयाक्टर सप्लायर्सको प्रोप्रइटर

दैनिक १८ घण्टा काममा खटिने अटोमोबाइल्स व्यवासयलाई सरकारले कोभिडको खोप दिनमा प्रथामिकता दिन नसकेको मध्य तथा सुदुरपश्चिम अटोमोबाइल्स एशोसियसन नेपालका उपाध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य नरेन्द्र वलीले बताएका छन् । यति बेला कोरोना भाइरसको दोस्रो भेरियन्ट चलेपनि सरकारले अटोमोबाइल्स व्यवासयीहरुलाई नितिगत प्रथामिक्ता नदिएको उनले बताए ।

अटोमोबाइल्स कर्मीहरुले रात दिन नभनि खटेपनि चाहे त्यो कृषि होस, निमार्णका काम होस या त्यो ढुवानीका साधन होस पहिलो पंतिमा खटिएका मध्य एक अटोमोबाइल्स कर्मी रहेको उपाध्यक्ष वलीले बताए । जस कारणले अटोमोबाइल्स व्यवसायलाई खोपमा नितिगत प्रथामिक्तामा पार्न जरुरी रहेको हुनाले अटोमोबाइल्स सञ्चालक, कर्मचारी, मार्केटिंग, ड्राइभर तथा अपरेटरहरुलाई देशको निमार्ण र विकासका निम्ति अग्रपतिंका काम गरिरहेको उपाध्यक्ष वलीले बताए ।

No description available.

केन्द्र, प्रदेश तथा गाँउपालिका स्तर सम्म विकास निमार्ण होस या कृषि कार्यमा सञ्चालन हुने कृषि यान्त्र लगायत विभिन्न किसिमका सवारी साधन हेबि ईक्पिमेन्टस्का साधन तथा औजारहरु सेल्स सर्भिस पार्टस सम्बन्धि सम्पुर्ण सेवा सुबिधा अटोमोबाइल्समा अबद्ध जनशक्तिले आफ्नो जान जोखिममा राखी दैनिक १८ घण्टा कार्य गरिरहेपनि राज्यले कुनै पनि किसिमको चासो नदेखाएको उनले भने । उनी करिब १५-१६ बर्ष देखि अाफ्नै लगानीमा न्यू भेरी ट्रयाक्टर सप्लायर्स सञ्चालन गरि याे पेशामा हाेमिएका छन् ।

Open Photo

महामारीमा जान जोखिमा राखी रात दिन खतेको सरकारले देख्दा पनि नदेखे जस्तो गरेर अटोमोबाइल्स कर्मीहरुलाई कोरोना भाइरसको भ्यक्सिनबाट पन्छाइरहेको उनले भने । सरकारले पहिलो पंतिको एक भाग सम्झेर अटोमोबाइल्स कर्मीहरुलाई प्रथामिक्तामा राखी खोपको व्यवस्था मिलाएर लैजान अग्राह समेत गरे । अटोमोबाइल्स कर्मीहरुका लागि स्थानिय स्तर देखि प्रदेश केन्द्र सम्मा खोपको लागि अवाज उठाउन पहल गर्न र जुन सुकै किसिमको कदम चल्न सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *