प्रधानमन्त्री पत्नी प्रथम महिला राधिका शाक्यले गरिन् सबैको मनमुटु छुने यस्तो काम, विरोधीहरुले समेत गर्न थाले खुलेरै प्रशंसा


यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली पत्नी अर्थात प्रथम महिला राधिका शाक्यको कार्यको विरोधीहरुले समेत खुलेरै प्रशंसा गर्न थालेका छन् । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुनको उपचार खर्च प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले बेहोरीकी छन्।

प्रधानमन्त्री पत्नी तथा पहिलो महिला शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोरेपछि खातुन शुक्रवार नै डिष्चार्ज भएकी छन् ।

आर्या केयर अस्पतालमा उपचार गराईरहेकी खातुन अस्पतालाको शुल्क तिर्न नसकेर चार दिनदेखि बन्धक बन्नुपरेको थियो ।

सुत्केरी ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी उनले शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा चार दिनदेखि बन्धक बनेकी थिइन् ।

यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको थियो ।

खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेका समाचार पढेपछि शाक्यले खातुनको सवै उपचार खर्च शाक्यले बेहोरीकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *