बारामा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर टहरा हटाईयो


बाराको मधुवन सव डिभिजन कार्यालयले वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर टहरा हटाएको छ । कोल्हबी नगरपालिका वडा नं।५ रामवनमा वनको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा प्रहरीसहितको वन टोलीले हटाएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सब डिभिजन वन कार्यालय मधुवनबाट सहायक वन अधिकृत ललन राउतको कमाण्डमा गएको प्रहरी सहितको वन टोलीले २३ वटा घर टहरा हटाएको डिभिजन वन कार्यालय सिमरा ,बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

गत बैशाख तीन गते सात दिने सुचना जारी गरी वन कार्यालयले घर टहरा हटाउन आग्रह गरेको थियो । अतिक्रमणकारीहरुले भने पटक पटकको आग्रहलाई बेवास्ता गर्दै घर टहरा नहटाई अटेर गर्दै आइरहेका थिए ।

जनपद प्रहरी ,सशस्त्र प्रहरी र वन गस्ती टोलीको सहकार्यमा अतिक्रमण गरिएको करिब ९ बिगाहा जग्गा हटाइएको सहायक वन अधिकृत राउतले जानकारी दिनुभयो । बाँस ,खर ,काँठ ,टाँली लगायतले बनाएको घरहरू वन गस्ती टोलीले भत्काई र आगो लगाई हटाएको थियो । वन क्षेत्रमा करिब २/३ महिना अगाडि बनाइएका सो घर टहराहरू रहँदा पछिल्लो समय उक्त क्षेत्रमा काठको चोरी तथा तस्करीमा वृद्धि भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *