भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्ने:मन्त्री ज्वालाकुमारी साह


काठमाडौंः कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताउनुभयो । भुउपयोग नीति लागु गर्दा खेतियोग्य भुमि शहरीकरण हुन रोकिने बताउनुभयो । मन्त्री साहले किसानलाई सुचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *