गाँउकाे दु:ख देख्न नसक्दा


नेपालगन्ज । उनी पेशाले पत्रकार हुन् । घर राप्ती सोनारी गाउँपालिका ३ खैरहनीमा पर्छ । नेपालगन्ज टेकेर पत्रकारिता गरिरहदां कोरोनाको कहरमा आफ्नो गाउँका पीडा भुलेनन् । उनी हुन् पत्रकार हेमन्त चौधरी । नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव समेत रहेका चौधरी दुर्गमका घरघरमा कोरोनाका बिरामी देख्दा जनप्रतिनिधि झै कोरोना संक्रमितको घरघरमा स्वास्थ्य समाग्री लिएर पुगिरहेकाछन् । बिभिन्न सहयोगी हातहरुबाट आफैले आर्थिक संकलन गरेर सेनिटाइजर, माक्स, पल्स अक्सिमिटर, फेसिल, बाफ लिने मेसिन र अक्सिजनको सिलिन्डर लिएर भोक प्यास नभनिकन बिहान, बेलुका, राती बिरामीको घर घरमा पुगिरहेका छन् । हाल सम्म उनी राप्ती सोनारी गाउँपालिकाको ९ वटा वडाका गरी ३ सय ५० घरमा पुगिसकेका छन् । राज्यको पहुचबाट टाढा रहेका निकै दुर्गम मानिने राप्तिासोनारी १ खोकरी गाउँका २६ जना कोरोनाका बिरामी तथा स्थानीय सबैलाई स्वास्थ्य समाग्री बितरण गरेका छन् । स्थानीय सरकार समेत नपुगेको गाउँमा पत्रकार चौधरी स्वास्थ्य समाग्री बितरण गरेपछि स्थानीयहरु खुसी व्यक्त गरे । स्थानीय कृष्ण चौधरीले हातमा स्वास्थ्य समाग्री लिएर खुशि व्यक्त गर्दै भने, यसरी नै स्थानीय सरकार आउनु पर्दथ्यो ।

अनि मात्रै गाउँगाउँमा सिंहदरबार आएको अनुभुति हुन्थ्यो । पत्रकार चौधरीका अनुसार खोकरी गाउँका अधिकांस मानिस कोरोनाका बिरामी हुदां स्थानीय सरकारले आइसोलेसन वार्ड एम्बुलेन्स सेवा तथा आपत्कालिन स्वास्थ्य केन्द्र स्थापना नगरेकाले उक्त गाउँ जोखिममा रहेको बताउदै तत्कालै उक्त गाउँमा चिकित्सक सहित स्वास्थ्य सेवा सम्बन्धित निकायले सुरु गर्नु पर्ने बताए । राप्तीसोनारीको सबै भन्दा ठुलो वडा नम्बर ३ साइपुरमा रहेको आइसोलेसन वार्डमा डाक्टर गोबिन्द चौधरी सहितको उपस्थितिमा ७ जना कोरोना पोजिटिभलाई स्वास्थ्य समाग्री बितरण गरिएको छ । थारु पत्रकार संघ नेपालका केन्दी्रय सदस्यसमेत रहेका चौधरीले बाँकेका क्रियाशिल पत्रकारहरुलाई समेत स्वास्थ्य समाग्री बितरण गरेकाछन् । अहिले सम्म करिब ३ लाख बराबरको स्वास्थ्य समाग्री बितरण गरिसकेको उनले बताए । सोनारी मिडिया प्रालिका अध्यक्ष समेत रहेका उनी वास्थ्यकर्मी, प्रहरी र स्थानीय युवाहरुसहित वडा नम्बर १, ३, ४, र ५ का सबै कोरोना पोजिटिभको घरमा स्वास्थ्य समाग्री बितरण गरिसकेका छन् । संगै अन्य वडाहरुमा पनि निरन्तर अभियान संन्चालन हुने उनले बताए । समाजिक अभियान भन्दै उनलाई स्वाइच्छाले बिभिन्न सहयोगी हातहरुले सहयोग समेत गरिरहेका छन् । हालसम्म अमेरिकामा बस्दै आएका राप्ती तसोनारी ३ नारायणपुर निवासी उत्तम क्षेत्रीले नगद ५० हजार, वडा नम्बर ४ का युवा सोही ठाउँ बस्ने ओम प्रकाश पोखरेलले १५ हजार, भारतको गोवा बस्दै आएका अर्जुन कार्की, केशबराज ओली लगायत्का युवाहरुले ११ हजार र युवा व्यवासयि राप्तिसोनारी ३ बैशा निवासी बिनोद चौधरीले ५ हजार ५ सय सहयोग गरेका हुन् । सहयोगी सबैलाई धन्यबाद ज्ञापन गदै पुर्ण पार्दशिता सहित कोरोनाका बिरामीहरुका लागि खर्च गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *