खाली हुन्दै निजामति बिशिष्ट पद


काठमाडौंः निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् ।  नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । नेपाल सरकारको विभिन्न निकायमा निजामती सेवाको प्रशासनको ३४, न्याय सेवाको १३, इन्जिनियरिङ तर्फ ८ तथा वन र संघीय संसदमा एक÷एक जना रहने गरी ६९जना सचिव पद रहने व्यवस्था छ । यसबाहेक नेपाल सरकारको मुख्यसचि, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र संघीय संसदमा महासचिव रहने व्यवस्था छ । मन्त्रालय तथा अन्य सरकारी निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खाली हुँदा कार्यालयको काम र बढुवा हुन योग्य भएका सहसचिवहरुको वृत्तिविकास र पदोन्नतिमा सिधा असर परेको छ । यसरी लामो समय मन्त्रालय र निकायहरु खाली हुँदा ति निकायको काम र प्रभावकारीतामा सिधा असर गर्ने लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले बताउनुभयो । सचिव पद खाली हुँदा त्यो निकाय काम चलाउमा परिणत हुने अवस्था आउने पूर्व अध्यक्ष मैनालीले बताउनुभयो । यस्तो अवस्थामा मन्त्री स्वयंले समेत काम गर्न नसक्ने अवस्था आउने अध्यक्ष मैनालीको तर्क छ । कोरोनाको काराण लोकसेवाको अन्या नासु खरिदार लगाएतको परीक्षा पनि हुन नसकेकाले प्रदेश र केन्द्रमा निजामति सेवामा पदहरु खाली भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *