गुलरिया नगरपालिकाका किसानलाई सत प्रतिशत अनुदानमा बर्षे फलफुलको विरुवा वितरण


बर्दिया जिल्ला गुलरिया नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई वर्षे फलफुलको विरुवा वितरण गरेको छ । विगतका वर्षहरुमा ७५ प्रतिशत अनुदानमा वर्षे फलफुलका विरुवा वितरण गरी रहेको नगरपालिकाले यस बर्ष भने सत प्रतिशत अनुदानमा विभिन्न जातका ६ हजार ५ सय वर्षे फलफुलको विरुवा वितरण गरेको हो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबले स्वास्थ्य कार्यलय बर्दियालाई विरुवा दिदै वितरण कार्यक्रमको सुरुवात गरेका थिए । विरुवाको लागि आबेदन दिएका सम्पूर्ण कृषकहरुलाई बिरुवा लैजान नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाको कृषि शाखाले वितरण गरेको विरुवा लिन आएका कृषक जयचन्द्र पाठक गतवर्ष नगरपालिकाले ७५ प्रतिशत अनुदानमा विरुवा दिएको बताउँदै यसबर्ष पुरै अनुदान दिएकोमा खुसी देखिन्थ्ये । नि शुल्क विरुवा पाउँदा किसानहरुलाई धेरै फाईदा भएको उनको भनाई छ ।

नगरपालिकाको निशर्त बजेट ४ लाख ७५ हजार बराबरको कार्यक्रम अन्र्तगत५ हजार २ सय ५० विरुवा वितरण गरीएको हो ।

आप, लिचि, कटहर, अम्बा, अनार ,र कागतीका विरुवा वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *