
काठमाडौं: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो । उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुने भएको छ । यस्तै फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्चालन गर्न दिइने भएको छ । एजेन्सी
