बाँकेमा थप एक साता लकडाउन


नेपालगन्जः कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गते देखि बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिने भएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ।

पछिल्लो पटक थप भएको एक साताको निषेधाज्ञाको समयसीमा आज रातीदेखि सकिँदै गर्दा बाँके प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै एकसाता थप्ने तयारी गरेको बाँकेका सिडियो शिवराम गेलालले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो।

उहाँका अनुसार सरकारी कार्यालय खोल्ने तयारी छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सरकारी कार्यालय खोल्ने तयारी भएको हो । यस्तै बजार व्यवसाय चल्न दिने समयअवधि पनि थप्ने तयारी छ । अहिले विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खुल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *