नेपाली सेनाका एक जवानले आफैंमाथि गोली प्रहार गरे


७ असार, वीरगञ्ज ।

नेपाली सेनाका एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । वीरगञ्जको चण्डीप्रसाद गणका एक सिपाहीले आइतबार राति करिब साढे ८ बजे आफैंमाथि गोली हानेका हुन् ।

उनले ड्युटीमै रहेको बेला आफैंमाथि गोली प्रहार गरेको बताइएको छ । गोली प्रहार गर्ने २२ वर्षीय श्यामबाबुप्रसाद चौहान हुन् ।

गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् भने उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले आत्महत्याको प्रयास गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *