राजेन्द्र महतोलाई सिंहदरबारमा निषेध


काठमाडौंः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबारमा निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँस गरिएको हो । पर्चामा लेखिएको छ – ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । – नयाँ पार्टी, नेपाल’किन पर्चा टाँस गर्नुभयो भन्ने न्यूज एजेन्सी नेपालको प्रश्नको जवाफ दिदैँ नयाँ पार्टी, नेपालको प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकता बारे स्पष्ट पार्न समयसिमा दिएको र मन्त्री महतोले स्पष्ट नपारेपछि उहाँलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताउनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *