बाँके, नेपालगन्ज

नेपालगन्जका व्यवसायी शान्ति पुर्ण अन्दोलन शुरु गरेका छन् । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन भएपछि व्यपारी तथा उद्यामी मर्कामा परेका भन्दै शान्ति पुर्ण अन्दोलन शुरु गरेका हुन । सरकारले व्यपारीहरुलाई कर तिर्न थप समय र बैंकको व्याजमा छुट नदिए थप कडा अन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
विश्वा भरी फैलिएको कोरोना भाइरसको कारणले नेपाल सरकारले पनि कोरोनाको चेन तोडनका लागि लाडाउन गरेको थियो । तर लकडाउनमा बजार व्यपार बन्द भएपछि आम व्यपारी तथा उद्यामीहरु मर्कामा परेका छन् । व्यवसाय नभएपछि सरकारलाई कर तिर्न तथा बैंकको व्याज तिर्न समस्या भएपछि नेपागन्ज उद्योग वाणिज्य सघंको अयोजनामा नेपालगन्जका व्यपारीहरु शान्ति पुर्ण अन्दोलन गर्न बध्य भएको नेपालगन्ज उद्योग वाणिज्य सघंका निवर्तमान अध्यष नन्द लाल साहुले बताए ।

सरकारले अन्य व्यवसायीहरुलाई फ्रोन्टलाईनमा खटिएको भन्दै कोभिसिल्द र भेरोसेल खोप दिन्दै गर्दा व्यपारीहरुले अहिले सम्म खोप लगाउन पएका छैनन् । सरकारले व्यपारीहरुलाई खोप उपलब्ध नगराए व्यपारीहरुलाई अनुमति दिए व्यपारीहरुले आफै खरिद गरि खोप लगाउन तयार रहेको नेपालगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

सरकारले व्यपारीहरुलाई कर तिर्नका लागि थप समय र बंैंकको व्याजमा सहुलियत दिए व्यपारीहरुलाई केही राहत हुने देखिन्छ । एक तिर बैंकको व्याज र अर्को तिर सरकारले असार २५ गते भित्र कर तिर्न तोकि दिए पछि निकै गह्रो भएको सघंका महासचिव चिरन्जीवि ओलीले बताए ।

सरकारले कर तिर्न समय तोकेर व्यपारीहरुलाई लकडाउनको बेला एक किसिमको कारवाही गरिदिएको छ । यसरी सरकारले् व्यपारीहरुलाई मर्कामा पर्दै गयो भने देशकै अर्थतन्त्रमा चुनौती थपिएको देखिन्छ । जस कारणले कर तिर्न समय र बैंको व्याजमा केहि महिना छुट दिए व्यपारीहरुले फेरी व्यपार सञ्चालन गर्न सक्ने आवस्था आउन सक्ने देखिन्छ ।
