पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तमानसँग बराबरी गरेका छन् । फ्रान्सविरुद्ध दुई गोल गरेसँगै ३६ वर्षीय रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ता अली दाईको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
रोनाल्डोले पोर्चुगलका लागि एक सय ७८ खेलमा एक सय नौ गोल गरेका छन् । यससँगै दाईको एक सय नौ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले कीर्तिमानी एक सय नौ गोल गरेका थिए ।

