बजेट आउदै दाेष काेराेनलाई


नेपालगन्ज । बाँके र बर्दियाका स्थानीय सरकारहरुले असार १० गते बिहिबार नयाँ आर्थिक वर्षका लागि बजेट तर्जुमा गरिरहेका छन् । उनीहरुले कोरोनाका कारण विकास निमार्ण प्रभावित भएको र आन्तरिक कर निकै कम उठेको जनाएका छन् । पालिकाहरुले कम्तिमा पनि ७ करोड आन्तरिक कर उठाउने लक्षय राखे पनि आधाभन्दा कम कर उठेको भएको जनाइएको छ । त्यस्तै कोरोना नियन्त्रणका लागि पनि स्थानीय सरकारहरुले करोडौ रकम खर्च गर्नु परेको गुनासो गरिएको छ । साँझसम्म पालिकाहरुको बजेट अइृसक्ने जनाइएको छ । नीति तथा कार्यक्रमहरु अनुसार नै बजेट विनियोजन गरिने छ ।
गत वर्ष कोरोनाको कारण देखाउँदै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ४८ करोड बजेट आधा बजेट कम ल्याएको थियो । जानकी गाउँपालिकाले ५९ करोड ५६ लाख, कोहलपुर नगरपालिकाले ८६ करोड, खजुरा गाउँपालिकाले ७६ करोड ३६ लाख, राप्ती सोनारी गाउँपालिकाले ७२ करोड, बैजनाथ गाउँपालिकाले ६१ करोड १७ लाख, नरैनापुर गाउँपालिकाले ५५ करोड बराबरको बजेट ल्याएका थिए ।
बर्दियाको सबैभन्दा पुरानो गुलरिया नगरपालिकाले पनि ०७७÷७८ का लागि करिव ३ करोड बजेट प्रस्ताव गरेको थियो । ठाकुरबाबा नगरपालिकाले ६२ करोड, बारबर्दिया नगरपालिकाले सामाजिक सुरक्षा भत्ताबाहेक ७० करोड ९० लाख, बाँसगढी नगरपालिकाले ७० करोड ९० लाख, राजापुर नगरपालिकाले ८६ करोड ४६ लाख, मधुवन नगरपालिकाले ७४ करोड बजेट प्रस्ताव थिए । ति सबै पालिकाले प्रस्तुत गरेको बजेट गएको आर्थिक वर्ष भन्दा कम थियो । पालिकाहरुले कम्तिमा पनि आन्तरिक स्रोतहरुबाट कम्तिमा ४ करोड कर उठ्ने लक्षय राखे पनि कोरोनाका कारण आधाभन्दा कम कर उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *