निवर्तमान प्रधानमन्त्री ओलीले छाडे बालुवाटार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् ।

वर्षाका बाबजूत ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । अहिले परेको पानीले ओलीको स्वागत ¥यालीलाई बिथोलेको छ ।

एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

गत असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।

देउवाले हिजो पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हिजो साँझै कार्यभार सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *