नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप : प्रधानमन्त्री ओली


May be an image of 1 person and standing
फाइल फोटो

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताउनुभयो । उहाँले भन्नुभयो “बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, पार्लियामाण्टमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । फैसला प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि । राजनीतिक विषयहरुको टुंगो राजनीतिक संस्थाहरुले वा राजनीतिक पार्टीहरुले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो । राजनीतिक होइन ।” प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तराष्ट्रिय मञ्चहरुमा देखिदै आएको बताउनुभयो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *