हुवाइले नयाँ स्मार्टफोन ‘पी–५०’ सार्वजनिक


हुवाइले नयाँ स्मार्टफोन ‘पी–५०’ सार्वजनिक गर्ने भएको छ। अघिल्लो महिना आफ्नो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेसँगै हुवाइले ‘पी–५०’ स्मार्टफोनको टिजर रिलिज गरेको थियो। जसमा स्मार्टफोनको बाहिरी डिजाइनको केही झलक मात्र देखिएको थियो।  कम्पनीले नयाँ स्मार्टफोनका फिचरबारे जानकारी नदिएपनि   यसमा १.८ इन्चको प्राइमरी क्यामरा सेन्सर हुनेछ।  ‘अल्ट्रा–हाइ पिक्सल क्यामरा सिस्टम’ हुने यस नयाँ स्मार्टफोनमा एकदेखि १.८ इन्चसम्मको क्यामरा सेन्सर हुने टेक एडभाइजरले बताएको छ।यदी हुवाइले ‘पी–५०’मा यस्तो क्यामरा सेन्सर ल्यायो भने यो स्मार्टफोनको सबैभन्दा ठूलो सेन्सरमध्ये एक हुनेछ। यसअघि ‘लाइका’ र ‘सार्प’ स्मार्टफोन कम्पनीले एक इन्चको क्यामरा सेन्सर सार्वजनिक गरेको  थियो।  यसैगरी ‘पी–५०’ सिरिजका स्मार्टफोनमा चारवटा क्यामरा हुनेछ। यसमा अल्ट्रा वाइड एंगल र टेलिफोटो लेन्स हुनेछ। हुवावेले क्यामरा भने सोनी आइएमएक्स–८०० प्रयोग गरेको टेक एडभाइजरले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *