एक आपसमा तिन गाडि थोकिन्दा तिनको मृत्यू


सुनसरीमा  सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका– ८ खण्डमा आइतबार बिहान ७ बजे मोटरसाइकल, हायस माइक्रो र पिकअप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस माइक्रोले सप्तरीबाट विराटनगर तर्फ आँउदै गरेको स ६ प ४६७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । माेटरसाइकलपछि पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको को १ च ९३७१ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको थियो । 

तिब्रगतिको हायसको ठक्करबाट मोटसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय शाह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद शाह र पिकअप चालक विराटनगर– ७ का करिब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार हायस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका– ११ का २५ वर्षीय नारायण बस्याल पनि घाइते भएका छन् । पानी परिरहेकाे समयमा तिब्रगति कुदाएका कारण दुर्घटना भएको उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *