सम्भावित तेस्रो लहर कोरोनाको लागि तयार हुन्दै बाँके अस्पताल


No photo description available.

स्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रणमा आउँदै गरेको बेला तेस्रो लहरसमेत आउन सक्ने भन्दै बाँकेमा नियन्त्रणका लागि तयारी सुरु गरिएको छ । तेस्रो लहरको सङ्क्रमणमा बालबालिका बढी जोखिममा पर्न सक्ने जनाइएकाले सोहीबमोजिमको तयारी सुरु गरिएको बाँकेका अस्पतालले जनाएका छन् ।

तेस्रो लहरको सङ्क्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले नेपालगञ्ज मेडिकल कलेजले तयारी सुरु गरेको बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए । उनले अहिले सङ्क्रमितको सङ्ख्या कम हुँदै गएपछि मेडिकल कलेजको कोभिड वार्ड बन्द गरेर तेस्रो लहरको तयारी सुरु गरिएको बताए ।

अधिकृत श्रेष्ठका अनुसार दोस्रो लहरमा अक्सिजन र शैय्याको सबैभन्दा ठूलो समस्या भएको थियो । अब त्यस्तो समस्या नहोस् भनेर अहिलेदेखि नै तयारी गरिएको बताउँदै उनले अक्सिजन पाइप लाइनहरू मर्मतसँगै विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले दोस्रो लहरको सिकाइले तेस्रो लहरको पूर्वतयारी सहज हुने बताए ।

अस्पतालमा भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको डा.श्रेष्ठको भनाइ छ । सङ्क्रमित घटेपछि हाललाई कोभिड वार्ड बन्द गरेर आइतबारदेखि नै वार्डभित्र मर्मत तथा सुधारका काम सुरु गरिने उनले जानकारी दिए । सङ्क्रमणसँग जुध्न उपकरण र जनशक्तिको ठूलो भूमिका हुने हुँदा अबको तयारीका लागि त्यसतर्फ विशेष ध्यान दिनुपर्ने मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा.आसिम किदवाईले बताए ।

उनले मेडिकल कलेजले तेस्रो लहरमा यही कुरालाई ध्यान दिएर पूर्वतयारीको काम अगाडि बढाउनुपर्ने सुझाव दिए । भेरी अस्पताल र मेडिकल कलेज मात्रै नभई नेपालगन्जमा रहेका अन्य सबै अस्पताललाई समेत तेस्रो लहरका लागि तयारी अवस्थामा राख्नुपर्ने डा.किदवाईको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *