जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले कृषि पथ मोबाइल एप मार्फत एक करोडको बाख्रा बिक्रि


Open Photo

राप्ती सोनारी : कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले आर्थिक बर्ष २०७७–७८ मा करिब १ करोड बराबरको बाख्रा बिक्रि वितरण गरेको छ । पहिला व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्रि गर्न नसक्दा किसानहरुले घाटा समेट व्यहोर्न परेको थियो ।

Goat breeds grown in Nepal [krishiloksewa Bakhra Paalan] - Krishi Loksewa

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकामा अधिकंस क्षेत्रमा वन जंगल छ । घर छेउ वरीपरी वन जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालन तर्फ अकार्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यामी महिला सहकारी सस्था बित्रिधm वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आइरहेको छ । सहकारीका सबै सदस्याहरुले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरुले सहकारीलाई र सहरकारीले व्यपारीहरुलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो । तर नेपाल घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले गत बर्ष देखि केयर नेपालको आर्थिक सहयोगमा कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरलाई पनि सहज भएको छ । कम समय र बिचौलियाहरुलाई छल्दै जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले एपबाटै १ करोडको बाख्रा बिक्रि गरेको सहरकारीका अध्यक्ष गणेष खत्रीले बताए ।

Aafnai deshma bakhra palan gari basnu bhayeko xa hamro dada jagat gc -  YouTube

सोही गाँउका भद्रविर रोकले करिब २ दशक देखि बाख्रा पालन गर्दै आइरहेको छन् । उनले बर्षिक ५ देखि ६ लाखको बाख्रा बिक्रि गर्ने गरेका छन् । उनलाई बाख्राको खोर निर्माणका लागि भेटेनरी अस्पताल तथा पशु विज्ञा केन्द्र नेपालगन्जले ५० प्रतिशत अनुदान दिएको थियो । ४ लाख लागतमा निर्माण गर्नु पर्ने खोरलाई निर्माण गर्नका लागि ५० प्रतिशतको २ लाख रकम उपलब्ध गराएको थियो । उनको छोराले पनि आफ्नो छुट्टै फार्म दार्ता गराएर बाख्रा पालन गरी रहेका छन् ।

गाँउका मानिसहरुले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छिन उनी सँग अहिले एउटा बोयर बोका र लोकल जातका ३० बढी पाथा पाथि छन् । अहिले उनी बाख्रा र खोर निर्माणमा करिब ४ लाख लागत लागाइ सकेको बताए ।

राप्ती सोनारीका धेरै सहकारीहरुले कृषकहरु सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, खुकुरा लगातका खरिद बिक्रि तथा वितरण गरिरहेका छन् । यसरी किसानहरुले उत्पादित चिज बस्तु सजिलै बिक्रि वितरण गर्नका लागि नेपाल घरेलु तथा साना उद्योग महसघंले सञ्चालन गरेको कृषि पथ मोबाइल एप सरकारलेनै प्रभावकारी बनाइ दिए किसानहरुले विचौलियाबाट सादाका लागि जोगिने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *