दुई पाटे बाघको छाला सहित दुई जना प्रहरी फन्दामा


बाँकेमा पाटे बाघको छाला सहित २ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरेको छ ।

दिउँसो करिब ०१ः४५ बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ तिलकपुर स्थित बाटोमा दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला अछाम मेललेख गाउँपालिका ३ दर्पामा बस्ने बर्ष २७ को डम्बर बुढा र रामरोसन गाउँपालिका ५ बस्ने बर्ष ३५ को नन्दु बुढा हुन ।

निजहरुले बोकी ल्याएको झोलाहरु खानतलासी गर्दा दुर्लभ बन्यजन्तु पाटेबाघको छाला २ थान सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि रबिन्द्र खनालले बताए ।

आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको बाँके प्रहरी प्रबक्ता मधुसूदन न्यौपाने ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *