
चिनियाँ स्मार्टफोन कम्पनी साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ।
जिएसएम एरेनाका अनुसार साओमीले नयाँ हाइपरचार्ज स्मार्टफोनको उत्पादन अर्को वर्षदेखि सुरु गर्नेछ। कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना इन्टरनेटका केही ब्लगहरुले खुलासा गरेका हुन्।
हाइपरचार्ज नामले नै चिनिने यो स्मार्टफोनमा हुने दुई सय वाटको चार्जिङ टेक्नोलोजीबाट फोन ८ मिनेटमा नै पुरा चार्ज हुने कम्पनीले ट्विटरमा उल्लेख गरेको छ।
यदि प्रयोगकर्ताले वायरलेस चार्ज गर्न चाहान्छन् भने यो फोन १५ मिनेटमा पुरा चार्ज हुनेछ।
