एक सय बढी कंग्रेसका क्रियाशिल सदस्य एमालेमा प्रबेश


नेपाली काँग्रेसका करिब एक सय ५० बढी क्रियाशिल सदस्यहरु एमालेमा प्रबेश गरेकाछन् ।

नेकपा एमाले कोहलपुर ११ वडा समितिको आयोजनामा भएको पाटी प्रबेश कार्यक्रमा काँग्रेसका क्रियाशिल कार्यकर्ताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्र बहादुर थारुले बताए ।

एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्र बहादुर थारु र युवा संघबाँकेका जिल्ला सदस्य अरुण थारुको बिशेष पहलमा काँग्रेसका क्रियाशिल सदस्याहरु ठुलो संख्यामा एमालेमा प्रबेश गराउन सफल भएको वडा समितिले जनाएको छ ।

कोहलपुर ११ कोहलपुर गाउँका नेपाली काँग्रेसका क्रियाशिल सदस्य ज्ञानु थारु बिमला थारु, दिलिप थारु कृष्ण थारु लगायत्का करिब एक सय ५० बढी कार्यकर्ता एमालेमा प्रबेश गरेको कोहलपुर ११ का वडा सदस्य बज्जु थारुले बताए ।

कोहलपुर ११ को कोहलपुर गाउँका पुरै गाउँ एमालेमा प्रदेश गरेको नेकपा एमाले कोहलपुर ११ वडा समितिले दाबी समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *