
बाँके : शनिवार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटाइएको प्रहरी टोलीले दिउसोको समयमा नेपालगन्ज उपमहानगरापलिका ७ स्थित अबैध भन्सार छलिको सामान राखेको गोप्य सूचनाको आधारमा प्रहरी टोलिले नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह बस्ने बर्ष ३२ को मोनु कवडियाले नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिक अरबिन्द पछाईको घरमा कोठा भाडामा लिई बस्दै आएकोमा उक्ता मानिस मोनु कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न मोटरसाईकल तथा गाडीका पाठपुर्जा, कपडा, छाता लगायत अन्दाजि मुल्य रु आठ लाख बराबरको सामान राखेको अवस्थामा फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको छ ।


