रचना रिमालको “उड्ने रहर” सार्वजनिक (भिडियो)


काठमाडौं : लोकप्रिय गायिका रचना रिमालका नयाँ गीतहरू प्रायः दैनिकजसो रिलिज हुने गर्छन् । जसमध्ये अधिकांश गीतलाई दर्शक स्रोताले रुचाएका छन् ।

यसैबीच, रिलिज भएका रचनाका पछिल्ला नयाँ गीत मध्ये एक हो “उड्ने रहर” बोलको गीत। केही दिन अघि उक्त गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् ।

गीतमा रचनाको सुमधुर आवाज सुन्न सकिन्छ। किरण पल्पसाको गीतमा शब्द रहेको छ। भने, नगेन्द्र श्रेष्ठको संगीत रहेको छ। गीत निकै मनछुने छ।

गीतको भिडियो सामान्य छ। भिडियोमा गायिका रिमाल स्वयं फिचर्ड छिन् । मिराज अर्यालको भिडियोमा छायांकन, सम्पादन एवम् निर्देशन रहेको छ।

रिलिज भएको छोटो समयमै गीतलाई दर्शक स्रोताले निकै रुचाएका छन् । गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ। रिलिज भएको २ दिनको अवधिमा १ लाख बढी भ्युज युट्युबमा गीतलाई मिलेको छ। भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *