स्थानीय तह र सीसीएमसीको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने


 काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ ।

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अब काठमाडौं उपत्यकामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले भ्याक्सीन नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकोले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । उहाँले चाडपर्वहरु भौतिक उपस्थितीमा नमनाउन आग्रह गरेको छ । मनाउने भए सांकेतिक रुपमा मात्र मनाउन पनि आदेश जारी गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *