
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको मधुबन नगरपालिका वडा नं.-३ बस्ने ६७ वर्षिय चित्र बहादुर वलीको बाघको आक्रमणमा परि मृत्यु भएको छ ।
हिँजोदेखी हराइरहनुभएका वलीको शव आज बिहान भागरैया नजिक पिलर नं. ८३ र पिलर नं. ८४ बिच भागमा सम्झना सामुदायिक वनमा फेला परेको बि.ओ.पी. भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिनुभएको छ ।
