एमाले कार्यदलको बैठक मंगलवार १ बजे बस्दै


काठमाडौंः नेकपा एमालेको विवाद समाधानको प्रयास स्वरुप सोमबार बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरुले बताएका छन् । सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै आज मंगलवार पुनः बस्नेगरी सकिएको जानकारी दिइएका थिए । बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै मंगलवार १ बजे पुनः बैठक बस्ने निर्णय भएको जानकारी दिइएको छ। कार्यदल सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे भोलिदेखि थप छलफल हुने बताइएको छ ।

This image has an empty alt attribute; its file name is UML-Task-Force-1_uvS9nVrwCM.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *